पाकिस्तानको सिन्धमा महिला हिंसाका घटना बढे « Khabarhub

पाकिस्तानको सिन्धमा महिला हिंसाका घटना बढे


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा महिला हिंसाका घटनामा वृद्धि भएको छ । सन् २०२४ को पहिलो ६ महिनामा सिन्ध प्रान्तमा ८ सय ३७ वटा महिला हिंसाका घटना भएको पाकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

त्यहाँको हरी वेलफेयर एशोसिएसनले सिन्धी र ऊर्दू अखबारमा आएका समाचारलाई आधार बनाएर यो तथ्यांक सार्वजनिक गरेको हो । ८ सय ३७ घटनामध्ये १ सय ७४ घटना आत्महत्यासँग सम्बन्धित रहेको एक्सप्रेस ट्रिब्युनले जनाएको छ । त्यसबाहेक १ सय ४० वटा अपहरण, १ सय २५ वटा बलात्कार, १ सय १८ हत्याका घटना भएका छन् ।

त्यस्तै, ६८ वटा घरेलु हिंसाका घटना भएका छन् भने १३ वटा जबरजस्ती विवाहका घटना भएको जनाइएको छ । सिन्धका ३० मध्ये सबैभन्दा धेरै घटना खैरपुरमा भएको छ । जहाँ ७७ वटा महिला हिंसाका घटना भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : ५१ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने