पोखरामा तायमचा नृत्य प्रतियोगिता « Khabarhub

पोखरामा तायमचा नृत्य प्रतियोगिता


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलिजुली नेवाः खल पोखरा–३३ बागमाराले सान्त्वना प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन  नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बने भने वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रूपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बनिन् । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए ।

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १० : ५३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६