सानिमाका तीन म्युचुअल फण्डले बोनस दिने « Khabarhub

सानिमाका तीन म्युचुअल फण्डले बोनस दिने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् ।

सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल व्यवस्थापकमा रहेका तीन फण्डले गत आर्थिक वर्ष २०८०–०८१ को नगद लाभांश दिने भएका हुन् ।

जसमा १ अर्ब ३० करोडको सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै १ अर्ब २० लाखको सानिमा लार्ज क्याप फण्ड अन्तर्गतको योजनले १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ दिने भएको हो ।

६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँको सानिमा ग्रोथ फण्डले १० प्रतिशत अर्थात ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ बोनस दिने भएको सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले जानकारी दिए ।

चालिसेका अनुसार धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात बुक क्लोजको मिति तय हुने जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ०१ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक