मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन– २ को अमेरिकाबाट घोषणा « Khabarhub

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन– २ को अमेरिकाबाट घोषणा


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सर्वाधिक पुरस्कार राशीका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शो को घोषणा गरिएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो ।

एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको एक खुला साङ्गीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् ।

कार्यक्रम अनुसार  विश्वका विभिन्न मुलुकहरूमा स्थलगत अडिसनहरू तय गरिएका छन् भने दोस्रो संस्करणको अडिसनको सुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपालीकला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि शो आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिक्किम र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ ।

सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धाका लागि काठमाडौं लगिने बताइएको छ ।

भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० प्रतिस्पर्धीहरू काठमाडौं लगिने छन् । दुबै शो का विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्पर्धाका लागि १८ वर्ष पूरा भएको नेपालीमूलका व्यक्ति हुनुपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरू नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने छ ।

यी दुई ‘शो’को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारत  सिक्किमका प्रीतम राई र नृत्यतर्फ थाइल्याण्डकी खुसी कार्कीले प्रथम पुरस्कार जितेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ४० बजे

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल