रुसको सीमा क्षेत्र र राजधानीमा युक्रेनको ड्रोन आक्रमण | Khabarhub Khabarhub

रुसको सीमा क्षेत्र र राजधानीमा युक्रेनको ड्रोन आक्रमण


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँच वटा ड्रोन ध्वस्त भएको बताएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरू ध्वस्त भएका छन् । उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ । दुई वटा इन्धन स्टेसन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।’ यद्यपि रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ ।

ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ ।  यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो, जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन् ।

यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए ।

पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाएको केही घण्टापछि भएको हो । जेलेन्स्की आफैंले जान मिकोला ओलेस्चुकलाई आफ्नो पदबाट हटाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : १४ बजे

कस्तो रहला दसैँ अवधिमा मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन