सांकेतिक तस्बिर

अपराध

भरूवा बन्दुकसहित दुई जना पक्राउ

By खबरहब

September 01, 2024

डडेलधुरा– डडेल्धुराको आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।