संसदीय समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु « Khabarhub

संसदीय समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको छ । समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो ।

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसँग समितिले सुनुवाइ गरेको थियो ।

सो क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए । चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताए ।

नेपालका विभिन्न क्षेत्रहरूमा चिनिया लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनले बताए ।

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् ।  यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्यपालिका बनाएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ४० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक