प्रस्तावित राजदूत ओली भन्छन्- चीनसँगका सम्झौता कार्यान्वयन र लगानी भित्र्याउन पहल गर्छु « Khabarhub

प्रस्तावित राजदूत ओली भन्छन्- चीनसँगका सम्झौता कार्यान्वयन र लगानी भित्र्याउन पहल गर्छु


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ समितिले छलफल अघि बढाएको छ।

आइतबार सिंहदरबार भइरहेको सुनुवाइका क्रममा सबैभन्दा पहिले चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरसँग सांसदहरूले सवाल-जवाफ गरेका छन् ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले विगतमा भएका चीन–नेपाल सम्झौता कार्यान्वयनमा पहदकदमी लिने बताएका छन् ।

नेपालका विभिन्न क्षेत्रहरूमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, थप नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्न आफूले काम गर्ने उनले बताएका छन् ।

त्यसैगरी डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले दुई देशबीचमा आर्थिक कुटनीति बढाउन भूमिका खेल्ने विश्वास दिलाइन् ।

संसदीय सुनुवाइको क्रममा उनले डेनमार्कबाट नेपालमा उच्चस्तरीय भ्रमण गराउनेपनि विश्वास दिलाइन् ।

तुलाधारले ३७ वर्षदेखि महिला अधिकार सामाजिक, लैङ्गिक न्याय, लगायत क्षेत्रमा काम गरिरहेको बताउँदै ‘क्लाइमेट चेन्ज’ लगायत क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताइन्।

उनले सन् १९६७ देखि डेनमार्कसँग नेपालको कूटनीतिक सम्बन्ध रहेको बताउँदै डेनमार्कले नेपाललाई युरोपियन युनियनमार्फत सहयोग गरिरहेको बताइन् ।

१७ देशका लागि प्रस्तावित राजदूतबिरुद्ध समितिमा १० वटा उजुरी परेका छन् । यसअघि समिति शुक्रबार उजुरीकर्तासँग छलफल गरेको थियो ।

समितिले आगामी भदौ २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने भएको छ । भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाइएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधानअनुसार राजदूत पदमा सिफारिस भएकाको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।