निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू) « Khabarhub

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू)


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन जारी छ ।

हत्या अभियुक्त कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाएको विरोधमा आइतबार माइतीघरमण्डलदेखि प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारसम्म पदयात्रा गरिएको हो ।

उक्त पदयात्रा महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानवअधिकार रक्षक सञ्जाल, राष्ट्रिय महिला अधिकार अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिश्रित समाज, मिटिनी नेपालका प्रतिनिधि सहभागी थिए।

ल्याक, युथ एडीबीओसी नेपाल र एबीसी नेपाल पनि संयुक्त रूपमा पैदल यात्रामा निस्किए । उनीहरूलाई नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाएको छ ।

बाँकेको नेपालगञ्जमा हत्या गरिएकी निर्मला कुर्मीको परिवारका लागि न्यायको माग गर्दै सामाजिक अभियन्ता रुबी खान नेतृत्वको टोली पनि यतिबेला माइतीघरमण्डलमा धर्नामा  छ।

यो प्रकरणमा पीडितहरूले सडक आन्दोलन गरेको दुई सय दिन कटिसकेको छ । करिब डेढ वर्षदेखि निर्मलाको परिवार न्यायका लागि सडकमा छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७ की निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । श्रीमानको मृत्युको चार वर्षपछि ०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय मृत्यु भयो ।

श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मी (हाल लुम्बिनी प्रदेशका मन्त्री) ले लालपूर्जा र निर्मलाको नागरिकता लिएर गएको सामाजिक अभियन्ता रुबी खानको दाबी छ । त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् । उनका नाममा रहेको घरजग्गा पनि अरुकै नाममा सारिएको भेटियो ।

अपहरणपछि निर्मलाको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ । तर, छानविन हुनुको साटो हाल आरोपी बादसाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

कुर्मीको न्यायका लागि महिला अधिकार मञ्चकी रुबी खानसहितका पीडितले ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए । हाल उनीहरू पाँचौ चरणको आन्दोलनमा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : ४२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।