माओवादीले भन्यो- हामीले गल्ती स्वीकार्‍यौँ, बहुपहिचानका आधारमा कोशीको नाम राखौँ « Khabarhub

माओवादीले भन्यो- हामीले गल्ती स्वीकार्‍यौँ, बहुपहिचानका आधारमा कोशीको नाम राखौँ


१६ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रले बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नाकारण गर्न माग गरेको छ ।

पार्टीका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले आइतबार प्रदेशसभा बैठममा बोल्दै कांग्रेस-एमालेको दुईतिहाइको सरकारले पुन:नामाकरण गर्नुपर्ने बताए ।

विगतमा सरकारमा छँदा कोशी प्रदेश राख्ने निर्णयमा गल्ती भएको आफ्नो दलको स्थायी समितिले स्वीकारिसकेको, कांग्रेसका १४ जिल्ला सभापतिले सामूहिक विज्ञप्ति निकालेर पुनःनामाकरणको माग गरेको र नेकपा एकीकृत समाजवादीले फरक मत राखेको पनि उनले स्मरण गराए ।

‘आज प्रदेश सरकारमा एमालेसँग नेपाली कांग्रेस सत्ता साझेदार छ । प्रदेश नामाकरणपछि उत्पन्न समस्या र निकासबारे तत्कालीन अवस्थामा कांग्रेसका १४ जिल्लाका सभापतिले विज्ञप्ति निकालेर जनभावनाअनुसार प्रदेशको पुनःनामाकरण गरौं भन्नु भएको स्मरण गराउन चाहान्छु’, चापागाईंले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रको स्थायी समितिले गल्ती भयो भनेको सन्दर्भ र एकीकृत समाजवादीको फरक मतको पृष्ठभूमिमा प्रदेश नामाकरणले उत्पन्न समस्या हल गर्ने उपयुक्त समय यही हो । दुईतिहाइ बहुमतको सरकार तपाईंहरूसँग छ ।’

चापागाईंले प्रदेशको पुनःनामाकरणका लागि साथ दिन प्रमुख प्रतिपक्षसहितका दलहरूले निःसर्त सत्तापक्षलाई साथ दिन तयार रहेको बताए ।

प्रदेशसभाको २० महिनाको कार्यकालमा छैटौंपटक सरकार फेरबदल भएको भन्दै चापागाईंले नाटकीय र रहस्यमय ढंगले रातारात संघमा पहिलो र दोस्रो ठूला दल कांग्रेस–एमालेको निर्माण भएको बताउ ।

प्रदेशमा पनि सत्ता फेरबदल हुँदा ननभिजिनरी र अविश्वसनीय छविका ‘क्याट्रीकवाला मुख्यमन्त्री पाएको भन्दै उनले व्यंग्य गरे । कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । कार्की यसअघि पनि दुईपटक मुख्यमन्त्री भइसकेका छन् ।

प्रदेश सरकारप्रति आशा, विश्वास र भरोसा नभए पनि शंकाको सुविधा दिने भन्दै उनले प्रदेशले स्थायित्व पाउने र समस्याको वस्तुगत समाधान हुने आशा आफूहरूले लिएको उनले बताए ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ६ : ३१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई