माओवादीले भन्यो- हामीले गल्ती स्वीकार्‍यौँ, बहुपहिचानका आधारमा कोशीको नाम राखौँ « Khabarhub

माओवादीले भन्यो- हामीले गल्ती स्वीकार्‍यौँ, बहुपहिचानका आधारमा कोशीको नाम राखौँ


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रले बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नाकारण गर्न माग गरेको छ ।

पार्टीका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले आइतबार प्रदेशसभा बैठममा बोल्दै कांग्रेस-एमालेको दुईतिहाइको सरकारले पुन:नामाकरण गर्नुपर्ने बताए ।

विगतमा सरकारमा छँदा कोशी प्रदेश राख्ने निर्णयमा गल्ती भएको आफ्नो दलको स्थायी समितिले स्वीकारिसकेको, कांग्रेसका १४ जिल्ला सभापतिले सामूहिक विज्ञप्ति निकालेर पुनःनामाकरणको माग गरेको र नेकपा एकीकृत समाजवादीले फरक मत राखेको पनि उनले स्मरण गराए ।

‘आज प्रदेश सरकारमा एमालेसँग नेपाली कांग्रेस सत्ता साझेदार छ । प्रदेश नामाकरणपछि उत्पन्न समस्या र निकासबारे तत्कालीन अवस्थामा कांग्रेसका १४ जिल्लाका सभापतिले विज्ञप्ति निकालेर जनभावनाअनुसार प्रदेशको पुनःनामाकरण गरौं भन्नु भएको स्मरण गराउन चाहान्छु’, चापागाईंले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रको स्थायी समितिले गल्ती भयो भनेको सन्दर्भ र एकीकृत समाजवादीको फरक मतको पृष्ठभूमिमा प्रदेश नामाकरणले उत्पन्न समस्या हल गर्ने उपयुक्त समय यही हो । दुईतिहाइ बहुमतको सरकार तपाईंहरूसँग छ ।’

चापागाईंले प्रदेशको पुनःनामाकरणका लागि साथ दिन प्रमुख प्रतिपक्षसहितका दलहरूले निःसर्त सत्तापक्षलाई साथ दिन तयार रहेको बताए ।

प्रदेशसभाको २० महिनाको कार्यकालमा छैटौंपटक सरकार फेरबदल भएको भन्दै चापागाईंले नाटकीय र रहस्यमय ढंगले रातारात संघमा पहिलो र दोस्रो ठूला दल कांग्रेस–एमालेको निर्माण भएको बताउ ।

प्रदेशमा पनि सत्ता फेरबदल हुँदा ननभिजिनरी र अविश्वसनीय छविका ‘क्याट्रीकवाला मुख्यमन्त्री पाएको भन्दै उनले व्यंग्य गरे । कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । कार्की यसअघि पनि दुईपटक मुख्यमन्त्री भइसकेका छन् ।

प्रदेश सरकारप्रति आशा, विश्वास र भरोसा नभए पनि शंकाको सुविधा दिने भन्दै उनले प्रदेशले स्थायित्व पाउने र समस्याको वस्तुगत समाधान हुने आशा आफूहरूले लिएको उनले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार