काठमाडौं– कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि ‘देशैभरी बर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहरेको छ ।
यस योजना अन्तर्गत उद्यमीहरूले कुमारी बैंकका शाखामा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाखसम्मको कर्जा कुनै कागजात वा धितोबिना नै बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्ने छन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिकासमेत उक्त एप मार्फत नै गर्न सकिन्छ।
यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने र उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया