कुमारी बैंकले उद्यमीलाई क्युआर कारोबारकै धितोमा २ लाखसम्मको कर्जा दिने | Khabarhub Khabarhub

कुमारी बैंकले उद्यमीलाई क्युआर कारोबारकै धितोमा २ लाखसम्मको कर्जा दिने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि ‘देशैभरी बर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहरेको छ ।

यस योजना अन्तर्गत उद्यमीहरूले कुमारी बैंकका शाखामा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाखसम्मको कर्जा कुनै कागजात वा धितोबिना नै बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिकासमेत उक्त एप मार्फत नै गर्न सकिन्छ।

यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने र उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ३४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका