बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने- इजरायल चुप लागेर बस्दैन « Khabarhub

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने- इजरायल चुप लागेर बस्दैन


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, ‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन।’

यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरूलाई भने, प्रारम्भिक अनुमान अनुसार बन्धकहरूको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल-रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गरेका छन् ।न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ०५ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका