बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने- इजरायल चुप लागेर बस्दैन | Khabarhub Khabarhub

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने- इजरायल चुप लागेर बस्दैन


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, ‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन।’

यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरूलाई भने, प्रारम्भिक अनुमान अनुसार बन्धकहरूको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल-रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गरेका छन् ।न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ०५ बजे

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

एजेन्सी– खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन