एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय « Khabarhub

एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय

मनाङे र देवकोटालाई नहटाउने मुख्यमन्त्रीको अडान


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए अब दुईवटा थपिएपछि ९ पुगेका छन् ।

मु‍ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।

गण्डकीमा सत्तासाझेदार दल नेकपा एमाले हालसम्म सरकारमा गएको छैन । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान लिएका छन् । तर उनको यो अडानले गण्डकीमा एमाले बिच्किएको छ ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटाबाट बनाउन दबाब दिएको थियो । यस्तोमा एमालेलाई चार मन्त्रालय दिने गरी मुख्यमन्त्री पाण्डेले दुई मन्त्रालय फुटाएका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ४३ बजे

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना