‘पूर्णबहादुरको सारङ्गी’को टिजर : प्रकाशका बुवा विजय, मुकुनको भूमिका रहस्यमै « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’को टिजर : प्रकाशका बुवा विजय, मुकुनको भूमिका रहस्यमै


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहार लक्षित गरी अर्थात् कात्तिक १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को टिजर आइतबार सार्वजनिक भएको छ ।

सार्वजनिक १ मिनेट ५० सकेण्डको टिजरबाट फिल्ममा नायक विजय बराल र प्रकाश सुपत बुवा-छोराको भूमिका रहेको थाहा पाउन सकिन्छ ।

फिल्ममा प्रकाशको बुवा बनेका विजय गन्धर्वको भूमिकामा छन् । प्रकाश भने पढ्न अब्बल किशोरको भूमिका देखिएका छन् ।

टिजरमा काखे छोरोलाई काँधमा बोकेर विजय भन्छन्, ‘त्यति पढाउछु, जति पढाउँदा तेरो शीर समाजमा कसैको कसैको सामु नझुकोस् ।’

अर्थात् टिजरबाट बुवा छोराको प्रेम, गरिबी तथा अशिक्षाका कारण बुवाले झेल्नु परेको पीडा, छोराको शैक्षिक सफलता र बुवा-छोराको विछोडको कथा फिल्ममा रहेको अनुमान गर्न सकिन्छ ।

टिजरमा फिल्मका अर्का शीर्ष पात्र मुकुन भुसालको भूमिका खुलाइएको छैन । यसअघि निर्माण पक्षले सार्वजनिक गरेको प्रचार सामाग्री पोस्टरमा पनि उनले स्थान पाएका थिएनन् । अर्थात्, निर्माण पक्षले टिजर सार्वजनिक गर्दासम्म पनि मुकुनको भूमिका गोप्य राखेको छ ।

निर्माण पक्षका अनुसार सोसल ड्रामा जनरामा निर्माण भएको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित छ । फिल्मबारे निर्माता विनोद पौडेल भन्छन्, ‘यो एक बिपन्न बुवाले सन्तानको सपना पूरा गर्न गर्ने संघर्षको कथा हो ।’

यी पनि…

यस फिल्ममा विजय, प्रकाश, मुकुनसहित बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

यो फिल्मको लेखक र निर्देशक सरोज पौडेल हुन् । पटकथा तथा संवाद भने महेश दवाडीको छ ।

सेभेनसिज सिनेमा र बासुरी फिल्मको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २८ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको