अन्तत: गगनको प्रस्ताव पारित- अबका निर्वाचन कांग्रेसले एक्लै लड्ने, गठबन्धन नगर्ने « Khabarhub

अन्तत: गगनको प्रस्ताव पारित- अबका निर्वाचन कांग्रेसले एक्लै लड्ने, गठबन्धन नगर्ने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा गगनले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सानेपा बसेको बैठकपछि यसबारेमा जानकारी दिएका हुन्।

‘विगतमा एउटा विशिष्ठ परिस्थितिमा गठबन्धन गर्नुपरेको थियो । यो ५ वर्षको अवधिसम्म राजनीतिक इमानदारिताका साथ मिलेर अघि बढ्ने कोसिस गर्‍यौँ’, उनले भने, ‘हाम्रो प्रयासका बावजुद समस्या आए । विगतमा पार्टीले विशेष परिस्थितिका कारण गठबन्धन गरेर चुनाव लडे पनि कांग्रेस महासमितिको ब‌ैठकबाट हाम्रो आफ्नै संगठनलाई बलियो बनाई अबका चुनाव एक्लै लड्ने निर्णय भएको छ ।’

केन्द्रीय सदस्य शिवाकोटलीले भने जस्तै आइतबारको केन्द्रीय कार्यसमिति ब‌ैठकले २०८४ मा हुने आमनिर्वाचनसहितका चुनावमा एक्लै लड्ने निर्णय भएको छ। महामन्त्री थापाले आगामी चुनावमा एक्लै लड्ने प्रस्ताव गोदावरीमा भएको महासमिति बैठकमा राखेका थिए ।

‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ- ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ । हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

यसबारेमा सभापति देउवाले महामन्त्री शर्मालाई पटक पटक मनाउने प्रयास गरेका थिए । तर गठबन्धनको अभ्यासले घाटा भएको भन्दै कांग्रेसमा गगनको प्रस्ताव पास भएको हो ।

बैठकले २०८१ असार १७ गते समानताको हैसियतमा सरकार चलाउने सहमतिलाई कार्यान्वयन गर्दै जाने पनि निर्णय भएको शिवाकोटीले बताए ।

अबको बाँकी अवधिमा राष्ट्रियत हितको रक्षा र सुशासन कायम गर्न एमालेसँग मिलेर यो सरकारलाई २०८४ सम्मै लैजाने निर्णय भएको उनले बताए।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २३ बजे

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय