राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित « Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा विश्वविद्यालयका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रु २० हजार नगदसहित उनलाई सम्मान गरेका हुन् ।

हालै सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिगमा नेपाललाई रजत पदक दिलाउन सफल राष्ट्रिय टिमका कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा पहिलो व्याचका छात्रासमेत हुन् । उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन् ।

कार्यक्रममा मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर सफलता प्राप्त गरेको बताउँदै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको बताए ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यही अध्ययनरत विद्यार्थीले देशको प्रतिनिधित्व गर्दै गौरव बढाएका खुसी व्यक्त गरे । कप्तान शाहीले विश्वविद्यालयले गरेको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताए ।

उपकुलपति प्राडा नवराज देवकोटाले नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरूको पहुँच होस् भन्ने उद्देश्यका साथ विएसएम विषयमा अध्यापन सुरु गरेको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ५५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।