एक वर्षसम्म चल्ने अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया | Khabarhub Khabarhub

एक वर्षसम्म चल्ने अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारको महाशक्ति अमेरिकाका बासिन्दाले ५ नोभेम्बरका दिन नयाँ राष्ट्रपतिका लागि मतदान गर्ने छन्। जनवरी २५ मा त्यही निर्वाचनबाट म्यान्डेट प्राप्त नयाँ राष्ट्रपति ह्वाइट हाउस प्रवेश गर्ने छन्। एक वर्ष लामो चुनावी प्रक्रिया यसै वर्षको जनवरीबाट सुरु भएको हो।

जनवरीलाई प्राथमिक तहको उम्मेदवारी चयन गर्ने समय तोकिएको हो। यस अवधिमा देशभर नेताहरू आफ्नो प्रभाव पार्न कुदेका थिए।

यो समयमा दुई किसिमको मतदान भएको थियो। यसलाई ‘प्राइमरी’ र ‘काउससेस’ को रूपमा चिनिएको छ। प्राइमरी चरणमा मतदाताले गोप्य रूपमा आफ्नो उम्मेदवार चयन गर्नेछन्।

धेरै राज्यले यो काम निर्वाचनको ६ देखि ९ महिना अघि गरे। काउसेसको मतलब पार्टीको विभिन्न तहको बैठकले उम्मेदवारबारे बहस नै भएर मतदान हुनेछ। कुनै राज्यमा यो गोप्य मतदान हुन्छ भने कुनै राज्यमा खुला पनि हुने गरेको छ।

प्राइमरी र काउसेसको पनि तीन भिन्न शैली छन्। एउटा खुला शैलीको पनि हुने गरेको छ जहाँ दलको सदस्य बाहेकले पनि मतदान गर्न पाउने छन्। अर्को ‘क्लोज प्राइमरी या काउससेस’ को शैली पनि छ। यसको मतलब पार्टी सदस्यले मात्र मतदान गर्न पाउने छन्। तेस्रो खुला र क्लोजको मिश्रित स्वरूप पनि रहेको छ।

५ मार्चलाई सुपर ट्युसडेको रूपमा पनि चिनिएको छ। सोही दिन १५ राज्य अमेरिकी अधीनस्थ (समाओ)मा पहिलो तहको निर्वाचन भएको थियो। त्यसै दिन धेरै उम्मेदवारका लागि महत्त्वपूर्ण साबित भएको थियो।

उम्मेदवारी अवसरको लक्षण त्यसै दिनले देखाएको थियो। त्यसको १ सातामा डेमोक्र्याटका जो वाइडेन तथा रिपब्लिकमा डोनाल्ड ट्रम्पले आवश्यक पर्ने पार्टीको थ्रेसहोल्ड पार गरेपछि सन् २०२० कै ‘री म्याच’ पक्कका भएको थियो।

यो अमेरिकी इतिहासमा ७० वर्षपछि पहिलो पटक भएको थियो। ट्रम्पले निक्की हेली रोस डेस सान्टोस र विवेक रामाश्वामीलाई पछि पारेका थिए। यसैगरी बाइडेनले जेसन पाल्मरलाई पछि पारे।

मार्च १३ स्वतन्त्र उम्मेदवारका लागि महत्त्वपूर्ण थियो। दुई ठुला दलको उम्मेदवार चयनको प्रक्रिया अघि बढीरहेको समयमा सोही दिन स्वतन्त्र उम्मेदवारले आफ्नो इच्छा आवश्यक मापदण्डसहित आफ्नो राज्यमा आवेदन दिनेछन्। तर अमेरिकी इतिहासमा स्वतन्त्र उम्मेदवारको खासै प्रभाव छैन।

सन् १९९२ मा सबै भन्दा बढी रोस प्यारोटले कुल खसेको मतको १९ प्रतिशत मत पाएका थिए। यस निर्वाचनमा जुनियर एफ केनेडीले सबैभन्दा धेरै मत पाउने अनुमान गरिए पनि उनी अहिले डोनाल्ड ट्रम्पको पक्षमा सरिक छन्।

यसअघि नै पार्टीको मतबाट राष्ट्रपतिको उम्मेदवार पक्का भए पनि औपचारिकता जुलाई तथा अगस्टको बिचमा हुने पार्टीको भेलाले मनोनयन गर्ने प्रचलन छ। रिपब्लिकन पार्टीको भेला १२ देखि १५ जुलाईको बिचमा भएको थियो।

डेमोक्र्याट पार्टीको भेला १९ देखि २२ अगस्टको बीचमा भएको थियो। यसअघि नै २० जुलाइमा बाइडेनले जुन महिनामा ट्रम्पसँगै कमजोर बहसका कारण उम्मेदवारी त्याग गसिकेका थिए। यसपछि अगस्टमा भएको पार्टी भेलाले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको पदको उम्मेदवार चयन गरेको हो।

अगस्टदेखि नोभेम्बरको बीचमा चुनावी अभियान सुरु हुन्छ। यसै अभियानमा उम्मेदवार देशव्यापी दौडाहामा लागेका छन्। यस अभियान अन्तरगत भाषण, वक्तव्य, पदयात्रा, अन्तरवार्ता लगायतका कार्यक्रम हुन्छन्। यसै अभियानको बीचमा टेलिभिजन अन्तरवार्ता र बहस पनि हुने गरेका छन्।

२७ जुनमा सिएनएनले ट्रम्प र बाइडेनको बीचमा बहस गराएको थियो। सो बहसमा ट्रम्प हाबी भएका थिए। सोही बहस बाइडेनको उम्मेदवारी त्यागको एउटा मुख्य कारण बनेको थियो। १० सेप्टेम्बरका दिन ह्यारिस र ट्रम्पका बिच पेनसेल्भिनियामा दोस्रो बहस भएको थियो। सो बहसमा धेरै विश्लेषकले ह्यारिस हाबी भएको ठहर गरेका थिए।

नोभेम्बर ५ मा अमेरिकामा निर्वाचन हुनेछ। त्यसको मतगणना पछि नै नयाँ राष्ट्रपतिको चयन हुनेछ। अमेरिकाको निर्वाचनबाट राष्ट्रपतिको चयन लोकप्रिय मतको आधारमा नभएर इलेक्ट्रोल मतको आधारमा हुनेछ।

नोभेम्बर ५ मा अमेरिकामा निर्वाचन हुनेछ। त्यसको मतगणना पछि नै नयाँ राष्ट्रपतिको चयन हुनेछ। अमेरिकाको निर्वाचनबाट राष्ट्रपतिको चयन लोकप्रिय मतको आधारमा नभएर इलेक्ट्रोल मतको आधारमा हुनेछ।

मतदाताले इलेक्ट्रोल कलेज निर्माणका लागि मतदान गर्नेछन्। कुल ५३८ इलेक्ट्रोल मत भएका कारण २७० या सो भन्दा बढी इलेक्ट्रोल मत भएको उम्मेदवारले जित हात पर्ने छन्।

सबैभन्दा धेरै क्यालिफोर्नियामा ५४ इलेक्ट्रोल मत छ। यसैगरी, सबै भन्दा कम ओयमिङ, अलास्का र नर्थ डाकोटामा तीन इलेक्ट्रोल मत छ। २५ जनवरी २०२५ मा नयाँ राष्ट्रपति ह्वाइट हाउसका आफ्नो कामको सुरुवात गर्नेछन्।

चुनावी तालिका
जनवरी : प्राइमरी र काउससेस मतदान
५ मार्च : सुपर टुयुसडे
१२ मार्च : सन् २०२० कै रि म्याच पक्का
१३ मार्च : स्वतन्त्र उम्मेदवारी
२७ जुन : ट्रम्प र बाइडेनको पहिलो बहस
१२ देखि १५ जुलाई : रिपब्लिक पार्टीको भेला
२० जुलाई : बाइडेनबाट उम्मेदवारी त्याग
१९ देखि २२ अगस्ट : डेमोक्र्याटको भेलाबाट कमला ह्यारिसको उम्मेदवारी पक्का
अगस्टदेखि नोभेम्बर : देशव्यापी रूपमा चुनावी दौडाहा
१० सेप्टेम्बर : कमला ह्यारिस र डोनाल्ड ट्रम्पको बहस
५ नोभेम्बर : निर्वाचन
२५ जनवरी : नयाँ राष्ट्रपति ह्वाइट हाउस प्रवेश
स्रोत : साक्सो, सिबीसी न्युज, बिबिसी, सिएनएन, यूएस गोभर्मेन्ट

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  २ : १० बजे

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुर – यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

काठमाडौं – छिमेकी राष्ट्र भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा

चितवनसँग पोखरा ८७ रनले पराजित, कुशलसहित चार ब्याटर शून्यमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन

प्रधानमन्त्री ओली-एनपीसी अध्यक्षबीच बेइजिङमा भेटवार्ता

बेइजिङ (चीन)- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली