२०८१ साल असोज १५ गते मंगलबारको राशिफल « Khabarhub

२०८१ साल असोज १५ गते मंगलबारको राशिफल


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल सोज १५ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर १ तारिख। असोज कृष्ण पक्षको चतुर्दशी तिथि। चतुर्दशी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभ ग्रहको बहुमत छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको साथ लिएमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

वृष : बोल्नेक्रममा अप्रिय शब्द सार्वजनिक हुने भएकाले जवाफदेही हुनुपर्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछ। वैदेशिक लगानीमा प्रगति हुनेछ।लगानी गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मिथुन : झन्झटिला कामले मन अशान्त बन्ने जोखिम छ। आफूले आफूलाई बुझाउने प्रयास गर्नुपर्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ।परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। आजको लगानीबाट खुशी मिल्नेछ। शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। बिहानै शिव भजन सुन्न सकेमा दिन शान्त बन्नेछ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ।

सिंह : वैदेशिक क्षेत्रमा लगानी गर्नुभएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्या : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानी गरेको क्षेत्रबाट आम्दानी बढ्नेछ। बलले भन्दा बुद्धिले गरेको काम सफल बन्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आज सुरु गरेको काम सफल बन्नेछ। राज्यको उच्च ओहोदाबाट साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। आफ्नो कार्यशैलीको आलोचना हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा बौद्धिक टकराब हुनेछ।

वृश्चिक : भाग्यको स्थानमा चन्दमाले भ्रमण गर्दैछन्। हरेक ठाउँबाट आम्दानी हुनेछ। मनलाई शान्त बनाउने प्रयास गर्नुपर्ने देखिन्छ। शनिदेवको गलत प्रभावबाट बच्न गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : राम्रो र शुद्ध भावनाको उदय हुनेछ। नयाँनयाँ ठाउँको यात्रा तय हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमै विकल्प भेटिनेछन्। परिवारले तपाईंले थालेको व्यवसायमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मन अशान्त बन्नेछ। सञ्चित धन देखेर जलन हुनेहरु संगठित हुनेछन्। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।
परिवारमा बढी विश्वास गर्दा धोका हुने जोखिम हरेको छ।

कुम्भ : बोल्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले जटिल समस्या हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : ठुलो लगानी नगर्नु राम्रो हुनेछ। सामान्य ढंगले दैनिकी सञ्चालन गर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ५६ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,