ग्रिजम्यानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास « Khabarhub

ग्रिजम्यानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४-२ ले हराउँदै फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो। त्यो खेलमा पेनाल्टीमा गरेको गोलसहित फ्रान्सका लागि खेलिएका १३७ खेलमा ४४ गोल गरेका ३३ वर्षीय एन्टेनियो ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याषको घोषणा गरेका छन्।

उनी सन् २०२१ को नेसन्स लिग विजेता फ्रान्सेली टोलीका सदस्य हुन्। एट्लेटिको म्याड्रिडका खेलाडी उनले फ्रान्सेली राष्ट्रिय टोलीमा रहेर बिताएका हरेक क्षणले आफूलाई गौरवान्वित बनाउने बताए।

उनले फ्रान्सको राष्ट्रिय टोलीको जर्सी भिर्न पाउनु नै सबै भन्दा महत्त्वपूर्ण भएको समेत बताए।

गएको नेसन्स लिगमा फ्रान्स इटालीसँग ३–१ ले पराजित भएको थियो। त्यसको तीन दिनपछि बेल्जियमसँग भएको खेलमा फ्रान्स २–० ले विजयी भएको थियो। सो खेलमा ग्रिजम्यान वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए।

सन् २०१४ मा फ्रान्सेली राष्ट्रिय टोलीमा प्रवेश गरेका ग्रिजम्यान त्यसयता टोलीका महत्त्वपूर्ण खेलाडीकै रूपमा आफूलाई प्रस्तुत गर्न सफल भए।

सन् २०१६ को युरो कपमा उनी ६ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए। सो युरो कपको फाइनलमा पोर्चुगलसँग पराजित हुँदै फ्रान्स उपविजनतामा सीमित भएको थियो। सन् २०२२ को विश्वकप फाइनलमा पनि ग्रिजम्यान खेलेका थिए। नियमित समय ३–३ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा अर्जेन्टिनासँग पराजित भएको थियो।

हुँगो लोरिसको सन्यासपछि उनको साटो केलिएन एम्बाप्पेलाई कप्तान बनाइएपछि उनलाई फ्रान्सेली फुटबलको यो निर्णय स्वीकार गर्न कठिन भएको थियो। यसका बाबजुद जर्मनीमा भएको युरो कपमा उनी सहभागी थिए। जर्मनीमा सन् २०२४ मा भएको युरो कपको सेमिफाइनलमा फ्रान्स स्पेनसँग पराजित भएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : १३ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित