समाचार

एमाले सचिवालय बैठक बस्दै

By खबरहब

October 01, 2024

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा अविरल वर्षाका कारण मुलुकमा भएको जनधनको क्षति, पार्टीको भूमिकालगायत विषयमा छलफल हुने उनको भनाइ छ ।

एमालेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट हिजो स्वदेश आइपुगेलगत्तै सचिवालय बैठक बोलाएको हो ।