केही सडक आंशिक खुले, केही अझै अवरुद्ध  « Khabarhub

केही सडक आंशिक खुले, केही अझै अवरुद्ध 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द भएको जनाएको छ । काठमाडौँको चोभार गेट हुँदै  चल्ने सवारी  साधनको आवागमनमा प्रभाव परेको  जनाइएको छ । 

सडकमा जमेको हिलो पन्छाएर आवागमन सहज बनाउने प्रयास भइरहेको छ । यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।

यस्तै, विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत भने ठप्प रहेको छ । अरनिको राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

धादिङको गजुरी गाउँपालिका– २ परेवा भीरमा खसेको सुख्खा पहिरो केही पन्छाएसँगै सवारी साधन एक लेनमा आलोपालो चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जसले गर्दा उक्त स्थान  हुँदै चल्ने सवारी साधन ‘क्यु’मा चलिरहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएकाले पूर्वपश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन प्रभावित भएका छन् । अहिले सडक मर्मत गरेर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।

रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पासाङ ल्हामु राजमार्गमा एकतर्फी रुपमा सवारी साधन चल्न थालेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६