शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११४.७० अंकले बढेर बजारमा उछाल आएको हो । नेप्से ४.५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ । 

आज कारोबारमा पनि रौनक देखिएको छ । ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच भएको छ । 

मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०७ वटा कम्पनीको कारोबार भएको छ । मंगलबार ९६ हजार ९०६ पटक शेयर किनबेच भएको छ । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज समूहमध्ये सबै समूहमा हरियाली देखिएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ९.७४ प्रतिशतले बढेर ३ हजार १०१.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.६६ प्रतिशतले बढेर २०.६८ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह ३.८२ प्रतिशतले, विकास बैंक ५.४८ प्रतिशतले, होटल एण्ड टुरिजम ५.९७ प्रतिशतले, हाइड्रोपावर ५.९८ प्रतिशतले, लगानी ६.१० प्रतिशतले, जीवन बीमा ४.१२ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.१९ प्रतिशतले, लघुवित्त ३.९८ प्रतिशतले, निर्जीवन बीमा ३.०९ प्रतिशतले, अन्य समूह ४.६७ प्रतिशतले र ट्रेडिङ समूह ३.९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : १४ बजे

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर