राजनीति

प्रचण्ड भन्छन्- संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ

By खबरहब

October 01, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्स्थापना र पुनर्निर्माणलाई युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष-विपक्ष नभनी आमजनतासँग हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।

२०७२ सालको भूकम्पका बेला पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उनले उल्लेख गरे ।

उनले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता जनाएका छन् । बल्खुको जागरण टोलमा ४ सय १७ घरका झण्डै चार बढी नागरिक प्रभावित छन् ।