बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली « Khabarhub

बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा शनिबारको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्।

अविरल वर्षा र बाढीका कारण एमाले केन्द्रीय कार्यालयको भुँइ तलमा पूरै डुबानमा परेको थियो । अहिले पनि एमाले परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री क्षतिग्रस्त भएका छन् ।

कार्यालयमा अहिले सरसफाइ चलिरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : २८ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७