बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प « Khabarhub

बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो भारी वर्षा र बाढीका कारण अस्पतालका उपकरणहरूमा क्षति भएको भन्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शनिबारसम्म स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको छ । 

अस्पतालले आज एक सूचना जारी गर्दै पछिल्लो वर्षाका कारण विद्युत सप्लाइ र उपकरणमा क्षति पुगेको भन्दै आगामी शनिबारसम्म आकस्मिक लगायतका सेवा उपलब्ध गराउन नसक्ने जनाएको हो ।

अस्पतालले सम्पूर्ण सेवा सुचारु गर्नको लागि प्रयत्न गरिरहेको समेत जनाएको छ । पछिल्लो वर्षाको क्रममा किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा बाढी पसेर समस्या सिर्जना गरेको थियो । जसले गर्दा कतिपय वार्डका बिरामीलाई नै अस्पतालले सार्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ४८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका