दोलखामा पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी  « Khabarhub

दोलखामा पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी 


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखाको पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी आयोजना गरिएको छ । चरिकोट मिडिया फाउण्डेशनको आयोजनामा सदरमुकाम चरिकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गतेदेखि फोटो प्रदर्शनी भइरहेको चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताए ।

संस्कार, संस्कृतिमा दोलखा विषयक र संस्कृति विधामा फोटो प्रदर्शनीमा ४० वटा फोटो राखेका छन् । दोलखामा रहेका आदिवासी जनजातिहरू सुरेल, जिरेल, थामी, तामाङ, शेर्पा, नेवार, सुनुवार लगायतका चाडपर्व, संस्कृतिलाई समेटिएर फोटो राखिएको फाउण्डेशनका अध्यक्ष लामाले जानकारी दिए ।

आदिवासी जनजातिको साथै क्षेत्री बाहुनका संस्कार संस्कृतिलाई समेत समेटिएर फोटो राखिएको छ ।

यस फोटो प्रदर्शनीले दोलखामा रहेका विभिन्न जातजातिको संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षण हुनुको साथै पर्यटन क्षेत्रको समेत विकास हुने राष्ट्रिय फोटो पत्रकार समूह दोलखाका अध्यक्ष प्रलाद आचार्यले जानकारी दिए ।

फोटो प्रदर्शनीलाई सफल बनाउनको लागि रुपकला चरिकोटले साथ दिएको अध्यक्ष आचार्यको भनाइ रहेको छ। साथै होटल एण्ड टुरिज्म इन्टरप्रेनियर्स एसोसिएशन चरिकोट दोलखाले पनि फोटो प्रदर्शनीमा पार्टनर रहेको छ ।

यसअघि पनि चरिकोट मिडिया फाउण्डेशनले फूल: सुरुदेखि अन्त्यसम्म विधामा फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।

-सुबास बस्नेत

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ५५ बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान