कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ « Khabarhub

कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ‘ब्रिफिङ’ गरेका छन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से सभाहलमा मंगलबार बसेको बैठकमा उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको पार्टीलाई जानकारी गराए । 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकको भनाइ थियो । क्षतिग्रस्त संरचनाको मर्मत गरेर सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको पनि उनले बताए । 

गृहमन्त्री लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार क्षतिग्रस्त आठ जिल्लामा पठाइएको जानकारी गराए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनको भनाइ थियो । 

गृहमन्त्री लेखकले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको पनि बताए । लेखकले नख्खु खोलमा टिनको छाप्रोमाथि बसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको पनि दाबी गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को