सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि « Khabarhub

सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने सङ्गोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ ।

सङ्गोष्ठीको उद्‌घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको आयोजक पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरले जनाएको छ ।

सङ्गोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम गर्नेछन् । सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार सङ्गोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्घाल, छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिङ्गवाङ, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोन्ड रवीन्द्रनाथ, दिल्ली विश्वविद्यालयका प्राध्यापक सरिता आनन्दलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठीमा ५० बढी अनुसन्धानकर्ताले सञ्चार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छभने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : १३ बजे

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म