साइबर अपराध नियन्त्रणका लागि चीनले धेरै प्रयास गर्नुपर्छ : फिलिपिनी सिनेटर « Khabarhub

साइबर अपराध नियन्त्रणका लागि चीनले धेरै प्रयास गर्नुपर्छ : फिलिपिनी सिनेटर


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्सकी सिनेटरले अन्तर्राष्ट्रिय साइबर अपराध नियन्त्रणका लागि चीनले अझ धेरै प्रयास गर्नुपर्ने बताएकी छिन् । 

सिनेटर रिसा होन्टिभेरोसले दक्षिणपूर्वी एशियाली मुलुकहरूमा चिनियाँ गिरोहले गैरकानुनी अनलाइन जुवा र ठगीधन्दा चलाइरहेको भन्दै यसको नियन्त्रणका लागि चिनियाँ प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले ती मुलुकहरूमा चिनियाँ गिरोहले हजारौँ मानिसहरूलाई बाध्यकारी श्रममा लगाएर गैरकानुनी जुवा खेलाउने र अनलाइन ठगी गर्न प्रयोग गरिरहेको जनाएको छ । सिनेटर होन्टिभेरोसले त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय विधिको शासनमा चुनौती थपिरहेको भन्दै यस्ता साइबर अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

हालैमात्र फिलिपिन्सले राजधानी मनिला नजिकै रहेका चिनियाँ जुवाघर बन्द गराएको छ । समाचार संस्था एपीका अनुसार ती क्षेत्रमा अमेरिकी कूटनीतिज्ञ र सैनिक अधिकारीको बसोबास रहेको बताइएको छ ।

फिलिपिन्समा यस्ता कुल ४ सयभन्दा धेरै जुवाघर सञ्चालनमा रहेका छन् । ती जुवाघरमा चिनियाँ र अन्य दक्षिणपूर्वी एशियाली मुलुकका दशौँ हजार श्रमिक कार्यरत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : १९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई