समाचार

झ्याप्ले खोलामा मर्मतपछि सडक दुईतर्फी सुचारु

By खबरहब

October 01, 2024

काठमाडौं– धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केही बेरअघि दुईतर्फी सञ्चालनमा आएको हो ।

यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो ।

सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । 

अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नमिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।