गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर « Khabarhub

गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलकै सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरूले मौसम पूर्वानुमान अनुसार ठूलो पर्षा हुन सक्ने आँकलन हुँदा पनि सरकारले लापरबाही गरेको बताए ।

सरकारले पूर्वसूचनाअनुसारको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका हुन् ।

बैठकमा बोल्दै कांग्रेस महामन्त्री एवम् सांसद गगनकुमार थापाले पूर्वतयारी र उद्धारमा भएका आलोचनालाई सरकारले स्वीकार गर्नुपर्ने बताए ।

उनले अब उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् । विपद्का बेला सरोकारवाला निकायका प्रमुखहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताए ।

थापाले रात्रिबस सञ्चालन नगर्ने निर्णय हुँदाहुँदै पनि सञ्चालन गरेकाले धादिङको झ्याप्लेखोलामा ठूलो विपद् भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले विपद्को पूर्वतयारी राम्रोसँग हुन नसकेको बताए । उनले विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्धा हुन नसकेको आरोप लगाए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमै उद्धामा निकै ढिलाई भएको बताए । त्यहीकारण क्षति धेरै भएको उनले बताए।

बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०५ बजे

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।