बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ? « Khabarhub

बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ?


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुकुरलाई धेरै वफादार र मानव-अनुकूल जनावरका रुपमा  मानिन्छ । तर कोही बाइक वा स्कुटर चलाएको बेला कुकुरले तपाईंलाई लखेटेको छ ? यदि छैन भने  बाटोमा बाइक, स्कुटर र कार कुदाउँदा खेदाएको देख्नु भएकै होला ।

कुनै बेला त धेरै परसम्म  कुकुरहरूले सवारीको पिछा छोड्दैनन् । यस्तो बेला चालकले आत्तिएर झन् बेस्सरी कुदाउँदा दुर्घटना पनि हुन सक्छ । कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना पनि रहन्छ ।

जब सडकको कुकुरले तपाईंलाई खेद्छ, आफ्नो गाडीको गति बढाउनुहुन्छ। यो हतारमा कयौँ पटक दुर्घटना हुने गरेका छन् ।

आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ?

विज्ञान भन्छ- कुकुरहरूको यस्तो व्यवहारको लागि तपाईं जिम्मेवार हुनुहुन्न, बरु तपाईंको गाडीको टायर तिनीहरूको निशाना हो ।

कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिशाव गरेर आफ्नो क्षेत्र छुट्याउछन्  ।

कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिशाव गर्न सक्छन् । त्यो ठाउँबाट उक्त सवारी अर्को ठाउँमा लैजाँदा त्यसले अन्यत्रका कुकुरहरूको पनि पिशावको गन्ध थाहा पाउँछन् । र, उनीहरूलाई लाग्छ कि अर्को क्षेत्रको कुकुर आफ्नो क्षेत्रमा पसेको ठानेर लखेट्न थाल्छन् ।

अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ। उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारीसाधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।

कुकुरहरू पनि प्रायः सवारी साधनको पछि दौडन्छन् । जसमा उनीहरूको साथी घाइते भएको भए उनीहरूका साथीको दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि पछ्याउँछन्। यदि तपाईंको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन।

यस्तो बेला  मोटरसाइकल र गाडीलाई आवश्यक सीमाअनुसार रोकेर विस्तारै कुकुरलाई हटाउन सकिन्छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल