बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ? « Khabarhub

बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ?


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुकुरलाई धेरै वफादार र मानव-अनुकूल जनावरका रुपमा  मानिन्छ । तर कोही बाइक वा स्कुटर चलाएको बेला कुकुरले तपाईंलाई लखेटेको छ ? यदि छैन भने  बाटोमा बाइक, स्कुटर र कार कुदाउँदा खेदाएको देख्नु भएकै होला ।

कुनै बेला त धेरै परसम्म  कुकुरहरूले सवारीको पिछा छोड्दैनन् । यस्तो बेला चालकले आत्तिएर झन् बेस्सरी कुदाउँदा दुर्घटना पनि हुन सक्छ । कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना पनि रहन्छ ।

जब सडकको कुकुरले तपाईंलाई खेद्छ, आफ्नो गाडीको गति बढाउनुहुन्छ। यो हतारमा कयौँ पटक दुर्घटना हुने गरेका छन् ।

आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ?

विज्ञान भन्छ- कुकुरहरूको यस्तो व्यवहारको लागि तपाईं जिम्मेवार हुनुहुन्न, बरु तपाईंको गाडीको टायर तिनीहरूको निशाना हो ।

कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिशाव गरेर आफ्नो क्षेत्र छुट्याउछन्  ।

कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिशाव गर्न सक्छन् । त्यो ठाउँबाट उक्त सवारी अर्को ठाउँमा लैजाँदा त्यसले अन्यत्रका कुकुरहरूको पनि पिशावको गन्ध थाहा पाउँछन् । र, उनीहरूलाई लाग्छ कि अर्को क्षेत्रको कुकुर आफ्नो क्षेत्रमा पसेको ठानेर लखेट्न थाल्छन् ।

अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ। उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारीसाधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।

कुकुरहरू पनि प्रायः सवारी साधनको पछि दौडन्छन् । जसमा उनीहरूको साथी घाइते भएको भए उनीहरूका साथीको दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि पछ्याउँछन्। यदि तपाईंको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन।

यस्तो बेला  मोटरसाइकल र गाडीलाई आवश्यक सीमाअनुसार रोकेर विस्तारै कुकुरलाई हटाउन सकिन्छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ०६ बजे

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका