वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट « Khabarhub

वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै तीन दिनसम्म लगातारको वर्षाले ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको हो ।

मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा धानबाली नष्ट भएको छ ।

अविरल वर्षाले खोटाङामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची खेती नष्ट हुँदा ७० करोड बरावरको क्षति भएको पनि जनाएको छ ।

यस्तै पर्सामा ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखु नष्ट हुँदा ३४ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

वर्षापछि आएको बाढीका कारण धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा माछापोखरीमा क्षति हुँदा एक अर्व १३ करोड बराबरको क्षति भएको छ ।

पाँचथर, धनकुटा र तेह्रथुममा २४ पशुगोठमा क्षति भएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेश प्रदेशका सबै जिल्लामा २६ हजार २०५ पशुपन्छी मरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ५७ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६