बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न « Khabarhub

बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी पानीको बहाव बोकिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ ।

कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।

कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न छन् । बाँध फुटेर कोशी बस्तीमा पसेको क्षेत्रमा मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमारसहितले हवाई निरीक्षण गरेका छन् ।

बाँध फुट्दा दरभंगा जिल्लाका कयौँ गाउँ बाढीको चपेटामा परेको बिहार सरकारको जल संशाधन विभागले मंगलबार जनाएको छ । सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा गरिरहेका छन् ।

गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्‍याउन सरकारी अधिकारीलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

बाँध फुटाएर कोशी बस्तीमा छिरेको क्षेत्रमा मंगलबार नै दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेट तयारी अवस्थामा राखिएको छ । बाढी नियन्त्रणबाहिर गएकाले अहिले प्रभावित क्षेत्र जलमग्न छन् । प्रभावितहरुको संख्या एकिन नभइसकेको बिहार राज्य सरकारले जनाएको छत्त।

ग्रामीण गणेश मुखियाका अनुसार तटबन्ध फुटेका कारण मुसहरी र कनुन टोलाका बासिन्दा धेरै प्रभावित भएका छन् । यही बस्तीका तीन स्थानीयलाई कोशीको बहावले बगाएर लगेको छ ।

कोशीले बाँध फुटाएर गाउँमा पस्दा भुभौल गाउँमा पति-पत्नीसहित तीन स्थानीय बेपत्ता छन् । सोमबार राति तटबन्ध फुटेपछि कयौँ मानिसले घर छाडेका थिए । अन्य मानिस भागे पनि उनीहरू तीनजना बाँध फुटेर गाउँ पसेको कोशीसँगै बगेको बताइएको छ ।

यसैबीच बिहारको जल संशाधन विभागका मन्त्री विजय चौधरीले बाढीबारे पत्रकारसँग सवाल-जवाफ गरेका छन् । उनले पहिलो पटक नेपालमा एकसाथ यति धेरै पानी परेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

यसैकारण नेपालका धेरै नदीमा विशाल बाढी आएको पनि उनले बताए। उनका अनुसार ५६ वर्षयता पहिलो पटक कोशी ब्यारेजमा कीर्तिमानी ६ लाख ६१ हजार क्युसेक पानी बगेको पनि उनले बताए ।

अर्कातिर गण्डक ब्यारेजमा २१ वर्षमा पहिलो पटक ५ लाख ६२ हजार क्युसेक पानी बगेको छ । यहीकारण कोशी, गण्डक बागमती, महानन्दा र अन्य नदीमा विशाल बाढी आयो । अहिलेसम्म नेपालबाट गएका नदीले बिहारमा सातवटा तटबन्ध तोडिसकेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ३० बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि