सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश « Khabarhub

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ- इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा गएका छन् ।

बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

आइतबारदेखि जारी बयान सकिएपछि मंगलबार भएको सुनुवाइका क्रममा फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई थुनामा पठाउने आदेश भएको हो ।

इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले  एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए ।

बचत घर र जग्गामा हालेका उनी सहकारी संकटमा परेपछि फरार भएका थिए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति बाग्लुङ र पोखरामा गरेपछि फरार भएका थिए ।

२०८० जेठ ५ गतेदेखि मेयर नेपाली श्रीमतीसहित फरार भएका थिए । उनी फरार भएलपछी २०८० जेठ १६ गते प्रहरीले उजुरी दिन बचतकर्तालाई भनेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो । त्यसपछि उनी अन्तर्राष्ट्रिय प्रहरी संगठनको पनि खोजीको सूचीमा थिए ।

फरार रहेर लुक्दै आएका उनी यही असोज ११ गते भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका थिए । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए ।

नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।

उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा अघि बढेसँगै जेल चलान भएका हुन्। यसअघि महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेको थियो । त्यो व्यवस्थासँगै उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र