उजाड बीपी राजमार्ग : बाढीले सबथोक बगाएर लग्यो (तस्बिरहरू) | Khabarhub Khabarhub

उजाड बीपी राजमार्ग : बाढीले सबथोक बगाएर लग्यो (तस्बिरहरू)


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- कुनै समय देशकै चर्चित र सुन्दरमध्ये एक सडक थियो बीपी राजमार्ग । मानिसहरू फोटो खिच्नकै लागि पनि यो सडकबाट हिँडडुल गर्थे ।

यहाँको नागबेली सडक छिचोल्दै मधेश प्रदेश र पूर्वी नेपालका घर जाने सर्वसाधारणका लागि यो राजमार्गले लोभ्याउँथ्यो ।

तर त्यही राजमार्ग शनिबारदेखि पूरै सुनसान छ । शनिबार आएको बाढीले राजमार्गका १० भन्दा धेरै ठाउँमा कटान गरेपछि अहिले कुनै सवारी चल्न सकेका छैनन् ।

पूर्वी नेपाल जाने मुख्य राजमार्गमा बाढीले सन्नटा छाएको छ । यो राजमार्गले सुविधा लिएका स्थानीय अहिले त्रासमा बाँचिरहेका छन् ।

आफ्नो दैनिकीलाई निरन्तरता दिन मानिसहरू बाढीले सडक भत्काएर बनाएका अग्ला पहरा ज्यानको बाजी राख्दै छिचोल्दैछन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ पुग्दासम्म २ ठाउँमा राजमार्गको ठूलो भाग नै भेटिँदैन । मानिसहरू भिरमा अडिएका ढुंगामा ज्यान घिसार्दै आवतजावत गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ०४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन