शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन « Khabarhub

शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् ।

संसदको दुवै सदनमा एलडीपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ । ६७ बर्षिय शिगेरु जापानको १०२औँ प्रधानमन्त्री बनेका छन् । 

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरूले बताएका छन् ।

जापानको तल्लो संसद्को ४६५ सिटमध्ये एलडीपी सांसदको सङ्ख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद सङ्ख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद सङ्ख्या ४५ रहेको छ ।  

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी