आज २०८१ साल कात्तिक १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १६ गते शुक्रबारको राशिफल


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १६ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १ तारिख। कात्तिक कृष्ण औंसी तिथि। हलोबार्ने औंसी। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने योग छ। लगानी विस्तार नगर्नु राम्रो हुनेछ। साना कुराले मन अशान्त बन्नेछ। राजनीतिक संगठनले साथ दिनेछ। साथीभाइसँग रमाइलो गर्नेक्रममा परिवारको साथ रहनेछ। रातको समयमा नहिड्नु राम्रो हुनेछ।

वृष : न्यायको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। विपक्षी साथीबाट सचेत बन्नुपर्ने दिन छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। तिहारको देउसी भैलोमा कला र गलाले साथ दिनेछ। साथीभाइसँग रमाइलो घुमघाम गर्ने दिन भए पनि स्वास्थ्यको ख्याल गर्नुपर्नेछ।

कर्कट : तपाईंलाई अगाडि लगाएर बीचमा छोड्ने साथी सक्रिय छन्। हौसिएर व्यवहार गर्ने बानी छाड्नु राम्रो हुनेछ। प्राविधिक कुरामा फाइदा हुनेछ। वैदेशिक रमझमले मन तान्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : एकल निर्णयबाट घाटा हुनेछ। बन्धु र साथीसँग बसेर गरेको निर्णयबाट फाइदा हुने योग छ। निर्णय क्षमता कमजोर हुँदा साथीहरुले तपाईंको आलोचना गर्नेछन्। परिवारले संकटमा तपाईंलाई साथ दिनेछ।

कन्या : आज गरेको व्यवहारबाट अगाडि बढेमा दैनिकी सहज बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र आफन्तले साथ दिने योग छ। परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो निर्णय आफैंले गरेर अगाडि बढेमा दिन सहज बन्नेछ। लगानीले मनमा खुशी मिल्नेछ। हिजो मन दुखाएका साथीहरुसँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा राम्रो हुनेछ।

वृश्चिक : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन हो। नजिकका साथीसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

धनु : समय राम्रो छ। आफन्तको साथ लिएर परोपकारमा अगाडि बढ्नु फाइदाजनक हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा सचेत नहुँदा रोगको प्रकोप बढ्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारमा आफ्ना सुख र दुःख शेयर गरेमा राम्रो हुनेछ।

मकर : सुखी बन्न नसक्ने दिन छ। अरुलाई समय दिँदा परिवारमा खटपटी बढ्नेछ। शिक्षामा ढिलासुस्तीले घाटा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बिहान शिवको भजन सुन्न सकेमा दिन सहज हुनेछ।

कुम्भ : मनमा उत्साह हराए पनि लगानी खेर नजाने देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : पञ्चम भावमा खराब दशा भएकाले शिक्षाको क्षेत्रमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। चाडपर्वमा रमाइलो गरेको नाममा आलोचना हुने भएकाले सचेत भएर हिँड्नु फाइदाजनक हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : १० बजे

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल