विश्वकप लिग २- अमेरिकामाथि स्कटल्यान्डको शानदार जित, ब्रान्डमले जोडे १५१ रन « Khabarhub

विश्वकप लिग २- अमेरिकामाथि स्कटल्यान्डको शानदार जित, ब्रान्डमले जोडे १५१ रन


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

डालार्स – स्कटल्यान्डले आइसिसी वर्ल्ड कप लिग–२ को खेलमा अमेरिकालाई ७१ रनले हराएको छ।

अमेरिकाको डालासमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३१७ रनको योगफल खडा गरेको थियो।

३१८ रनको लक्ष्य पाएको अमेरिका ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४६ रनमा सीमित भएको थियो।

स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलेनले सर्वाधिक १५१ रन जोडे। उनको पारीमा ११ चौका र ६ छक्का समावेश थियो। यस बापत उनी खेलको म्यान अफ द म्याच बने। चार्ली टियरले ५१ रन जोडे। माइकल लिस्कले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३३ रन जोडे।

अमेरिकाका सौरभ नेत्रभालकरले १० ओभरमा ६९ रन खर्चेर २ विकेट लिए। अत्यन्त महँगो साबित भएका जसदिप सिंहले १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिए।

जवाफमा ब्याटिङ गरेको अमेरिकाले ६.३ ओभरमा २५ रन जोड्दै २ विकेट गुमाएको थियो। अमेरिकाका उत्कर्ष श्रीवत्सवाले ६७, मोनाक पटेलले ५२ तथा सञ्जय कृष्णमुर्थीले ४९ रन जोडे।

स्कटल्यान्डका ज्याक जार्भिसले ७ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए। मार्क वाट र ब्राड कारीले समान दुई विकेट लिए। तालिकामा अमेरिका ११ खेलमा १४ अङ्क जोडेर दोस्रो तथा स्कटल्यान्ड १० खेलमा १३ अङ्क जोडेर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार