स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो « Khabarhub

स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनमा आएको बाढीका कारण मर्नेको सङ्ख्या १५८ पुगेको छ। बिहीबार १२ सय जनालाई ड्रोन मार्फत राहत वितरण गरियो भने केहीलाई सुरक्षित स्थानमा लगिएको छ।

प्रधानमन्त्री पेड्रो साँचेजले तत्कालका लागि मानिसको जीवन बचाउनु नै महत्त्वपूर्ण भएको बताए। मंगलबार मध्यरातमा बाढी आएका कारण कत्तिको उद्धार कार्य अत्यन्त कठिन भएको छ।

भ्यालेन्सियामा कम्तीमा १५५ जना मारिएको पुष्टि भइसकेको छ भने पश्चिमी प्रान्त कास्टिला मान्चामा मारिएका हुन्। एक बेलायती नागरिकको ज्यान गएको छ। बिहीबारसम्म पनि हिलोमा दबिने डरले रुख र घरको छतमा चढेको दृश्यहरू देखिएको थियो।

मंगलबार घटना भएको लगत्तै नै ९० जना भन्दा बढीको ज्यान गएको थियो। स्पेनको जलवायु निकायका अनुसार भ्यालेन्सियाको चिभामा एक वर्षमा हुने गरेको जत्ति वर्षा त्यस दिनको ८ घण्टामा नै भएको जनाएको छ।

मंगलबारदेखि सुरु हुने गरी स्पेनमा तीन दिनको राष्ट्रिय शोक घोषणा भएको छ। राष्ट्रिय झन्डा आधा झुकाइएको छ। स्थानीयमा भने सरकारले समयमै यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै आक्रोश फैलिएको छ। स्थानीयको रिस सही समयमा पूर्व सूचना गर्न त्यहाँको संयन्त्र चुकेको कारण हो। त्यस दिन साँझ मात्र यो सूचना आएको थियो। त्यस समयसम्म भ्यालेन्सियामा केही स्थानमा भेल बग्न सुरु भइसकेको थियो। अधिकारीहरूले भने यस घटना अनुमान नै गर्न नसकिएको बताए। यसरी आउने बाढीका कारण धेरै भए पनि मुख्य कारण भने जलवायु परिवर्तन नै हो।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ५८ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले