स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो « Khabarhub

स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनमा आएको बाढीका कारण मर्नेको सङ्ख्या १५८ पुगेको छ। बिहीबार १२ सय जनालाई ड्रोन मार्फत राहत वितरण गरियो भने केहीलाई सुरक्षित स्थानमा लगिएको छ।

प्रधानमन्त्री पेड्रो साँचेजले तत्कालका लागि मानिसको जीवन बचाउनु नै महत्त्वपूर्ण भएको बताए। मंगलबार मध्यरातमा बाढी आएका कारण कत्तिको उद्धार कार्य अत्यन्त कठिन भएको छ।

भ्यालेन्सियामा कम्तीमा १५५ जना मारिएको पुष्टि भइसकेको छ भने पश्चिमी प्रान्त कास्टिला मान्चामा मारिएका हुन्। एक बेलायती नागरिकको ज्यान गएको छ। बिहीबारसम्म पनि हिलोमा दबिने डरले रुख र घरको छतमा चढेको दृश्यहरू देखिएको थियो।

मंगलबार घटना भएको लगत्तै नै ९० जना भन्दा बढीको ज्यान गएको थियो। स्पेनको जलवायु निकायका अनुसार भ्यालेन्सियाको चिभामा एक वर्षमा हुने गरेको जत्ति वर्षा त्यस दिनको ८ घण्टामा नै भएको जनाएको छ।

मंगलबारदेखि सुरु हुने गरी स्पेनमा तीन दिनको राष्ट्रिय शोक घोषणा भएको छ। राष्ट्रिय झन्डा आधा झुकाइएको छ। स्थानीयमा भने सरकारले समयमै यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै आक्रोश फैलिएको छ। स्थानीयको रिस सही समयमा पूर्व सूचना गर्न त्यहाँको संयन्त्र चुकेको कारण हो। त्यस दिन साँझ मात्र यो सूचना आएको थियो। त्यस समयसम्म भ्यालेन्सियामा केही स्थानमा भेल बग्न सुरु भइसकेको थियो। अधिकारीहरूले भने यस घटना अनुमान नै गर्न नसकिएको बताए। यसरी आउने बाढीका कारण धेरै भए पनि मुख्य कारण भने जलवायु परिवर्तन नै हो।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ५८ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा