भारत जर्मनीको महत्वपूर्ण साझेदार : जर्मन उपचान्सलर « Khabarhub

भारत जर्मनीको महत्वपूर्ण साझेदार : जर्मन उपचान्सलर


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीका उपचान्सलर एवम् संघीय आर्थिक मामिला तथा पर्यावरणमन्त्री रोबर्ट हाबेकले भारत जर्मनीको निकट साझेदार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा उनले भारत जर्मनीका लागि निकट व्यापारिक साझेदार रहेको बताएका हुन् ।

आफ्नो मुलुक निकै जटिल अवस्थामा रहेको उल्लेख गर्दै हाबेकले नयाँ साझेदारको पहिचान, स्थापित साझेदारीको सुदृढीकरण र व्यापारिक नीतिमा परिमार्जन अहिलेको सबैभन्दा महत्वपूर्ण राजनीतिक प्राथमिकता रहेको बताए । उनले यसका लागि भारत र युरोपेली युनियन ईयूबीच शीघ्र स्वतन्त्र व्यापार सम्झौता हुनुपर्नेमा जोड दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भूराजनीतिक तनाव बढिरहेको अवस्थामा जर्मनीले व्यापारिक सम्बन्धलाई थप विविधीकरण गर्न चाहेको उनको भनाइ छ ।

उनले दुई मुलुकबीच व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि भारतीय लगानीकर्तालाई जर्मनीमा लगानी गर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा