भारत जर्मनीको महत्वपूर्ण साझेदार : जर्मन उपचान्सलर | Khabarhub Khabarhub

भारत जर्मनीको महत्वपूर्ण साझेदार : जर्मन उपचान्सलर


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीका उपचान्सलर एवम् संघीय आर्थिक मामिला तथा पर्यावरणमन्त्री रोबर्ट हाबेकले भारत जर्मनीको निकट साझेदार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा उनले भारत जर्मनीका लागि निकट व्यापारिक साझेदार रहेको बताएका हुन् ।

आफ्नो मुलुक निकै जटिल अवस्थामा रहेको उल्लेख गर्दै हाबेकले नयाँ साझेदारको पहिचान, स्थापित साझेदारीको सुदृढीकरण र व्यापारिक नीतिमा परिमार्जन अहिलेको सबैभन्दा महत्वपूर्ण राजनीतिक प्राथमिकता रहेको बताए । उनले यसका लागि भारत र युरोपेली युनियन ईयूबीच शीघ्र स्वतन्त्र व्यापार सम्झौता हुनुपर्नेमा जोड दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भूराजनीतिक तनाव बढिरहेको अवस्थामा जर्मनीले व्यापारिक सम्बन्धलाई थप विविधीकरण गर्न चाहेको उनको भनाइ छ ।

उनले दुई मुलुकबीच व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि भारतीय लगानीकर्तालाई जर्मनीमा लगानी गर्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’