ह्यारिसलाई जेनिफर लोपेजको साथ « Khabarhub

ह्यारिसलाई जेनिफर लोपेजको साथ


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा देशका सेलिब्रेटी उम्मेदवारको चुनावी अभियानमा लाग्नेक्रम जारी छ।

गायिका जेनिफर लोपेज नेभाडामा बिहीबार भएको कमला ह्यारिसको कार्यक्रममा उपस्थित भइन। शुक्रबार विन्सकन्सिनमा आयोजना हुने कार्यक्रममा र्यापर कार्डी विल पनि उपस्थित हुने भएका छन्।

ह्यारिसको पक्षमा देशका सेलिब्रेटी उपस्थित हुनेक्रम यसअघि नै सुरु भइसकेको थियो। सङ्गीतकार जेम्स टेलर, ब्रुस स्प्रिङटन, बियोन्स, निर्देशक निर्देशक स्काइक ली तथा कलाकार टेलर पेरी ह्यारिसको कार्यक्रममा उपस्थित भइसकेका छन्।

यसैगरी फिलाडेल्फियामा भएको कार्यक्रममा उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले मजदुरको समस्याका बारे कुनै चासो र जानकार नभएको बताए।

निर्वाचनको पछिल्लो मत सर्वेक्षणले चुनाव अत्यन्त प्रतिस्पर्धात्मक देखिएको छ। सिएनएनको सर्वेक्षण अनुसार नर्थ क्यारोलिनामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्।

पेनेसेल्भिनियामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्। मिचिगनमा ह्यारिसको पक्षमा ४९ तथा ट्रम्पको पक्षमा ४५ प्रतिशत मतदाता छन्। न्यु हाम्पसायरमा ह्यारिसको पक्षमा ५० तथा ट्रम्पको पक्षमा ४३ प्रतिशत मतदाता छन्। जर्जियामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्।

नर्थ क्यारोलिनाले सन् २००८ मा बाराक ओबामालाई साथ दिएको थियो। त्यसयताका निर्वाचनमा त्यहाँ रिपब्लिकको प्रभाव रहेको छ। जर्जियामा गत निर्वाचन जो बाइडेनले एक प्रतिशत भन्दा कम मतान्तरले जित हात पारेका थिए।

सन् १९९२ मा बिल क्लिन्टनपछि सो राज्यमा सफलता पाउने बाइडेन पहिलो डेमोक्र्याट उम्मेदवार हुन्। यु ट्युबमा भाइरल भएका ज्याक पाउल डोनाल्ड ट्रम्पको पक्षमा उभिएका छन्।

६ करोड भन्दा बढीले गरिसके मतदान
बिहीबारसम्म ६ करोड भन्दा बढीले अर्ली इलेक्सन सुविधाको उपयोग गर्दै मतदान गरिसकेका छन्। सन् २०२० को निर्वाचनमा १५९ मिलियनले मतदान गरेका छन्। त्यसको ३८ प्रतिशतले अहिले मतदान गरी सकेका छन्। १० राज्यमा सन् २०२० का भएको मतदानको ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको