मिथला क्षेत्रमा लक्ष्मी पूजाको दिन हुक्कापाती  « Khabarhub

मिथला क्षेत्रमा लक्ष्मी पूजाको दिन हुक्कापाती 


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इनरुवा– ‘लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ’ अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै आज लक्ष्मी पूजा मनाइएको छ ।

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको इनरुवा–३ का मिथलेश झाले बताए। इनरुवा, कोशी, हरिनगर, धरान, इटहरी, देवानगञ्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मी पूजा गरेको हरिनगरका चन्दन मेहताले बताए।

सनपाटबाट निकालिएको सनठी र खडको प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ । मिथला क्षेत्रका व्यक्तिले हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मी पूजाको रातिमा  खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा–३ का चन्द्रमोहन झाले बताउनुभयो । हुक्कापाती खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ । हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ ।

हुक्कापाती खेलिसकेपछि पूजाकोठामा जलेको सनठी ल्याएर राख्ने चलन रहेको झाले बताए। हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय सहरी क्षेत्रमा बस्ने मैथली समुदायले कम खेल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यसका चलन अझै पनि ग्रामीण क्षेत्रमा छ । विशेषगरी वृद्धवृद्धाले यसको संरक्षण गर्दै आएका छन्भने युवापुस्ताको ध्यान यसप्रति घट्दै गएको छ । हुक्कापाती विषेश गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेको छ ।

पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्का पाती मनाउँदै आएको छ । हुक्का पातीको मिथला क्षेत्रमा बसोबास गर्ने मैथली समुदायमा विषेश महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुक्कापाती सुनठीको अभाव र युवापुस्तामा पर्वको विषयमा जागरुकता ल्याउनका लागि यसलाई निरन्तरता दिँदै आएको इनरुवाका गौतम यादवले बताए। 

त्यसैले आफ्नो संस्कृतिको संरक्षणका लागि सबैको ध्यान जान आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३६ बजे

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको