लेबनानलाई भारतको मानवीय सहयोग « Khabarhub

लेबनानलाई भारतको मानवीय सहयोग


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले द्वन्द्वग्रस्त लेबनानमा सहायता सामग्री पठाएको छ । लेबनानका लागि भारतीय राजदूत नूर रहमान शेखले त्यहाँका स्वास्थ्यमन्त्री फिरस अबिदलाई सहायता सामग्री हस्तान्तरण गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेबनानस्थित भारतीय राजदूतावासले मानवीय सहायताको पहिलो खेप हस्तान्तरण गरिएको जानकारी दिएको हो । राजदूतावासले लेबनानसँगको सम्बन्धलाई थप सुमधुर बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

भारतले पठाएका सहायता सामग्रीमा औषधि तथा चिकित्सकीय सामग्री रहेको भारतीय समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । भारतले पहिलो चरणमा लेबनानलाई ११ टनको मानवीय सहायता पठाएको छ । 

भारतले ३३ टन सहायता त्यसतर्फ पठाउने लक्ष्य लिएको छ । आफ्नो मुलुकलाई भारतले गरेको सहयोगप्रति लेबनानले कृतज्ञता प्रकट गरेको छ । भारतका लागि लेबनानका राजदूत रबिई नर्शले विश्वमा रहेका लेबनानका धेरै मित्रराष्ट्रमध्ये भारत सबैभन्दा निकट रहेको उल्लेख गरेका छन् । 

उनले आफ्नो मुलुकले आग्रह पर्नुपूर्व नै भारतले सहायता सामग्री प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ५३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका