रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु « Khabarhub

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको हो ।

मृतकका श्रीमान भने भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० बर्षिया पातली तामाङको मृत्यु भएको मेयर अजय तिमल्सिनाले बताएका छन् ।

हात्तीले मृतकको घर पूर्ण रुपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जंगली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए । 

हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प बिजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ०८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति