दुई करोड १४ लाख राजस्व संकलन « Khabarhub

दुई करोड १४ लाख राजस्व संकलन


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनौली – राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१-८२ को तीन महिनामा दुई करोड बढी राजस्व संकलन गरेको छ । 

सवारिसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१-८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए।

सवारिसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दानीबाट ६५ हजार नौ सय १० र सवारी दर्ताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०-८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियोभने  २०७९-८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ संकलन भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १० : ३७ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई