दुई करोड १४ लाख राजस्व संकलन | Khabarhub Khabarhub

दुई करोड १४ लाख राजस्व संकलन


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनौली – राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१-८२ को तीन महिनामा दुई करोड बढी राजस्व संकलन गरेको छ । 

सवारिसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१-८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए।

सवारिसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दानीबाट ६५ हजार नौ सय १० र सवारी दर्ताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०-८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियोभने  २०७९-८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ संकलन भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १० : ३७ बजे

देश छोडेर भागेका सिरियाका राष्ट्रपति मस्कोमा, विद्रोही नेताले गरे सम्बोधन

दमासकस – देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार

आज २०८१ साल मंसिर २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार

मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का